काठमाडौंमा होली नखेल्न सर्वसाधारणलाई आह्वान
बुधबार, २१ फागुन २०७६, २३ : २०
काठमाडौँ- कोरोना भाइरसको संक्रमणको खतरालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आह्वान गरेको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको रिपोर्ट सार्वजनिक गरेको २ दिनपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले सो आह्वान गरेको हो ।
जिल्ला प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको छ ।बुधबार प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति बैठकले सो निर्णय गरेको जनाइएको छ । बैठकले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होली लगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण