मौसम पूर्वानुमानः यी स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना
मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिना पानीको सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाले बिहीबार जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशभरी पश्चिमी र स्थानीय वायुको प्रभाव रहनेछ ।
साथै, हाल देशको पहाडी क्षेत्रमा बदली भएको र बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ । भने मध्य र पूर्वी क्षेत्रमा आंशिक बदली हुनेछ । पश्चिमी भूभागका केही क्षेत्रमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।
यता, मध्य र पूर्वी पहाडी क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।
राति, देशको पश्चिमी क्षेत्रमा सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । पश्चिमी र मध्यका केही क्षेत्र र पूर्वी पहाडका केही स्थानमा मेघ गर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षाको सम्भावना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण