अमेरिकामा कोरोना भाइरसका १ सय ५८ जना बिरामी, क्यालिफोर्नियामा संकटकाल घोषणा
बिहीबार, २२ फागुन २०७६, ०९ : २८
अमेरिकामा नाभेन कोरोना भाइरसका १ सय ५८ संक्रमित पुष्टि भएको अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले जानकारी दिएको छ ।
सिडिसीका अनुसार स्वदेश फिर्ता भएका ४९ नागरिक कोरोनाद्वारा संक्रमित छन् । यसका साथै अमेरिकाका १४ राज्यमा १ सय ९ संक्रमित देखिएका छन् ।
यससँगै अमेरिकामा कोरोनाका १ सय ५८ संक्रमित भेटिएका छन् ।
क्यालिफोनिर्याका गभर्नरद्वारा संकटकालको घोषणाः
क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको घोषणा गरेका छन् ।
कोरोना भाइरस क्यालिफोनिया राज्यमा थप नबढोस् भनेर संकटकालको घोषणा गरिएको बताइएको छ ।
न्यूसमका अनुसार क्यालिफोर्नियामा अहिले ९ हजार ४ सय लाई निगरानीमा राखिएको थियो । यसअघि ८ हजार ४ सय जनालाई निगरानीमा राखिएको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण