शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोरोना भाइरसका १ सय ५८ जना बिरामी, क्यालिफोर्नियामा संकटकाल घोषणा

बिहीबार, २२ फागुन २०७६, ०९ : २८
बिहीबार, २२ फागुन २०७६

अमेरिकामा नाभेन कोरोना भाइरसका १ सय ५८ संक्रमित पुष्टि भएको अमेरिकी सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) का साथै स्थानीय सरकारले जानकारी दिएको छ ।

सिडिसीका अनुसार स्वदेश फिर्ता भएका ४९ नागरिक कोरोनाद्वारा संक्रमित छन् । यसका साथै अमेरिकाका  १४ राज्यमा १ सय ९ संक्रमित देखिएका छन् ।

यससँगै अमेरिकामा कोरोनाका १ सय ५८ संक्रमित भेटिएका छन् ।

क्यालिफोनिर्याका गभर्नरद्वारा संकटकालको घोषणाः

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले कोरोनाभाइरसको बढ्दो स्थितीका कारण आफ्नो राज्यमा संकटकालको घोषणा गरेका छन् ।

कोरोना भाइरस क्यालिफोनिया राज्यमा थप नबढोस् भनेर संकटकालको घोषणा गरिएको बताइएको छ ।

न्यूसमका अनुसार क्यालिफोर्नियामा अहिले ९ हजार ४ सय लाई निगरानीमा राखिएको थियो । यसअघि ८ हजार ४ सय जनालाई निगरानीमा राखिएको बताइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप