मार्च–८ को अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम स्थगित
काठमाडौं । सरकारले ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ को अवसरमा मार्च–८ मा गर्ने औपचारिक कार्यक्रम स्थगित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी ‘हाल विश्वमा फैलिँदै गएको कोरोना भाईरस (कोभिड, १९) लाई मध्येनजर गरी जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने सम्भावनालाई दृष्टिगत गरी बृहत भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रम नगर्ने’ मन्त्रिपरिषद बैठकको गत फागुन २० गते गरेको निर्णय अनुसार मार्च ८ को औंपचारिक कार्यक्रम पनि स्थगित गर्ने निर्णय गरिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पार्वत गुरुङले कोरोना भाईरसका कारण उत्पन्न विशेष परिस्थितिका कारण मार्च ८ को औंपचारिक कार्यक्रमलाई स्थगित गर्नुं परेको स्पष्ट पारे ।
मन्त्रालयले ‘समानताको पुस्ताः अन्त्य गरांै हिंसा, विभेद र असमानता’ राष्ट्रिय नारा तय गरी आगामी आईतबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा मार्च ८ को औंपचारिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको थियो । तर हाल विश्वमै फैलिँदै गएको कोरोना भाईरसका कारण सो औंपचारिक कार्यक्रम स्थगित गरिएको मन्त्री गुरुङले बताए ।
उनले पत्रकार सम्मेलनमार्फत् सो दिवसको शुभकामना दिँदै लैंगिक हिंसा, विभेद र असमानताको अन्त्य गर्ने कामको सुरुवात घरबाटै गर्न पनि सबैलाई आह्वान गरे । मन्त्री गुरुङले लैगिक समानताका लागि सरकारले महिलालाई आर्थिक रुपमा सबल बनाउने गरी महिला उद्यमशीलताको क्षेत्रमा पनि काम गर्ने नयाँ योजना अघि सारिएको उल्लेख गर्दै त्यसलाई कार्यांन्वयनमा लैजाने गरी महिला उद्यमीहरुको राष्ट्रिय भेला छिट्टै गर्न लागिएको जानकारी दिए । उनले लैगिक विभेद अन्त्यका लागि सरकारले ‘लैगिक समानता नीति’ ल्याउने कामलाई अन्तिम चरणमा पु¥याएको पनि बताए । मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले महिलाहरुको विकासमा पुरुषहरुको सहभागितामा जोड दिनुपर्ने आवश्यक्ता औंल्याइन् ।
कार्यक्रममा संघीय संसदको महिला तथा सामाजिक विकास समितिकी सभापति निरुदेवी पालले महिला र पुरुष श्रमिकहरुको समान ज्याला दिने व्यवस्था गर्न सरकारलाई सचेत गराएका थिए । त्यसैगरी सांसदद्धय डा.विमला राई पौडेल र लक्ष्मी परियारले महिलाहरुको आर्थिक सशक्तिकरणको पाटोलाई जोड दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण