उपराष्ट्रपति पुनद्वारा चीनप्रति ऐक्यबद्धता
उपराष्ट्रपति नन्दबहादुर पुनले प्राणघातक कोभिड–१९ भाइरसका कारण चीनमा भएको मानवीय क्षतिले नेपाल सरकार, नेपाली जनता र आफूलाई गहिरो दुःख लागेको बताएका छन् ।
आफ्ना चिनियाँ समकक्षी वाङ छिसानलाई शुक्रबार एक सन्देश पठाउँदै उनले दुःखको यस घडीमा नेपाल सरकार, नेपाली जनता र आफ्नातर्फबाट उपराष्ट्रपति वाङमार्फत शोकाकुल परिवारजनमा समवेदना र सहानुभूति प्रकट गरे ।
कोभिड–१९ विरुद्ध चीन सरकारले लिएको प्रभावकारी कदमको सरहाना गर्दै त्यसको फैलावट रोक्न भएका प्रयासले क्रमशः सफलता हासिल गरेकामा प्रशन्नता पनि व्यक्त गरे ।
सन्देशमा उनले भनेका छन्, “हामी चीन सरकार र त्यहाँका जनताप्रति उक्त रोगविरुद्धको लडाइँमा ऐक्यबद्धता प्रकट गर्दछौँ र यो रोगलाई फैलिन नदिन चीन सरकारले गरेका प्रयासमा शीघ्र सफलता मिल्नेमा विश्वस्त छौँ ।”
चीनमा रहेका नेपालीको सुरक्षाका लागि चीन सरकारले गरेका प्रयासप्रति उपराष्ट्रपति पुनले हार्दिक आभार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण