शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धमेन्द्रको ‘हि म्यान’ रेष्टुरेन्ट सील

आइतबार, २५ फागुन २०७६, ०८ : ३७
आइतबार, २५ फागुन २०७६

हिन्दी फिल्मका चर्चित अभिनेता धमेन्द्रको रेष्टुरेन्ट ‘हि म्यान’ सील गरिएको छ । उक्त रेष्टुरेन्ट फेब्रुअरी १४ तारिखका दिन खोलिएको थियो ।

इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा बताइए अनुसार हरियाणाको करनाल नगर निगमले रेष्टुरेन्टमा निर्माण सम्बन्धि कमी पाएका कारण यसलाई सील गर्ने आदेश दिएको थियो । यो रेष्टुरेन्ट राष्ट्रिय राजमार्ग –४४ मा करनाल शहरको बाहिरी इलाकामा बनेको छ ।

करनालका उप कमिश्नर निशान्त यादवले जानकारी दिए अनुसार प्रशासनको तर्फबाट रेष्टुरेन्टलाई दुईपटक नोटिस पठाइएको थियो तर त्यहाँबाट कुनै जवाफ नआएपछि प्रशासनले यसलाई सील गर्ने निर्णय लिएको हो ।

उक्त निर्णयपछि हरियाणा सरकारले राज्यमा भएका सबै व्यावसायिक प्रतिष्ठानलाई सर्भेको आदेश पनि दिएको छ ।

उक्त रेष्टुरेन्टको उद्घाटनको मौकामा धर्मेन्द्रले आफ्नो सोसल मिडियामा लेखेका थिए, ‘गरम धरम ढाबाको सफलतापछि अर्को एउटा रेष्टुरेन्ट खोलिरहेका छौं – हि म्यान ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप