धमेन्द्रको ‘हि म्यान’ रेष्टुरेन्ट सील
हिन्दी फिल्मका चर्चित अभिनेता धमेन्द्रको रेष्टुरेन्ट ‘हि म्यान’ सील गरिएको छ । उक्त रेष्टुरेन्ट फेब्रुअरी १४ तारिखका दिन खोलिएको थियो ।
इन्डियन एक्सप्रेसमा प्रकाशित समाचारमा बताइए अनुसार हरियाणाको करनाल नगर निगमले रेष्टुरेन्टमा निर्माण सम्बन्धि कमी पाएका कारण यसलाई सील गर्ने आदेश दिएको थियो । यो रेष्टुरेन्ट राष्ट्रिय राजमार्ग –४४ मा करनाल शहरको बाहिरी इलाकामा बनेको छ ।
करनालका उप कमिश्नर निशान्त यादवले जानकारी दिए अनुसार प्रशासनको तर्फबाट रेष्टुरेन्टलाई दुईपटक नोटिस पठाइएको थियो तर त्यहाँबाट कुनै जवाफ नआएपछि प्रशासनले यसलाई सील गर्ने निर्णय लिएको हो ।
उक्त निर्णयपछि हरियाणा सरकारले राज्यमा भएका सबै व्यावसायिक प्रतिष्ठानलाई सर्भेको आदेश पनि दिएको छ ।
उक्त रेष्टुरेन्टको उद्घाटनको मौकामा धर्मेन्द्रले आफ्नो सोसल मिडियामा लेखेका थिए, ‘गरम धरम ढाबाको सफलतापछि अर्को एउटा रेष्टुरेन्ट खोलिरहेका छौं – हि म्यान ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण