सैफकी छोरी सारालाई इन्स्टाग्राममा किन फलो गरिरहेकी छैनन् करिना ?
करिना कपुर खानले लामो समयपछि इन्स्टाग्राममा डेब्यू गरेकी छिन् । करिनाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सुरुमा एउटा ब्रान्डको फोटो पोष्ट गरेकी थिइन् । त्यसपछि उनले प्रशंसकको मागमा छोरा तैमुर र श्रीमान् सैफ अली खानको फोटो सेयर गरेकी छिन् ।
महिला दिवसको अवसरमा पनि करिना कपुरले आफ्नी आमा बबिताको फोटो सेयर गरेकी छिन् । सोसल मिडिया पेजमा प्रशंसकले स्टार्सलाई फलो गर्छन् । करिनालाई १४ लाख प्रशंसकले फलो गरिरहेका छन् र उनले पनि १६ जनालाई फलो गरेकी छिन् ।
कहाँ छिन् सारा ?
करिनाले दिदी करिश्मा कपुर, सोहा अली खान, सोनम कपुर, मलाइका अरोडासहित केही व्यक्तिलाई फलो गरेका छन् । उनले अमृता र सैफका छोरा इब्राहिम खानलाई पनि फलो गरेकी छिन् तर छोरी सारालाई भने अहिलेसम्म फलो गरेको देखिँदैन ।
करिना कपुर र सारा अली खानबीच निकै राम्रो दोस्ती देखिन्छ । यस्तोमा उनले सारालाई फलो नगर्नु अलि अचम्मै लाग्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण