‘होलीमा अपाच्य गीत’
सिरहा । पहिला पहिला तराई मधेसमा होलीमा गाउँभरका मानिसहरु एक ठाउँमा जम्मा भएर होरी, जोगिरा जस्ता गीत गाइने गरेपनि पछिल्लो समय त्यस्ता गीत कमैमात्र सुनिन थालेको भन्दै समाजका अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् ।
‘अहिले त्यस्ता पुराना गीत गाउन त परै जाओस् सुन्न पनि छोडिएको छ’,अभियन्ता श्याम कूमारी साहको भनाइ छ ।
‘पहिलापहिला होलीमा ‘राम खेले होली, लक्ष्मण खेले होली, आ लंकामे रावण खेले होली’ जस्ता गीतहरु गाउँगाउँमा गुञ्जिन्थे, उनले भने, तर आजभोलिका होली गीतमा अपाच्य शब्दहरु प्रयोग हुने गरेका छन् । डीजे बजाएर हाम्रा परम्परागत होली गीत लोप हुँदै गइरहेका छन् ।’
यसैवीच सिराहामा मंगलबार बिहानैदेखि सिरहाका ग्रामीण क्षेत्रका साथै सदरमुकाम, लहान, गोलबजार लगायतका स्थानमा होली पर्व उत्साहका साथ मनाएको रातोपाटीका सिराहा सम्वाददाता रामभरोसी यादवले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण