सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पूर्वडीआईजी रमेश खरेलले भोलिदेखि नयाँ अभियान सुरु गर्दै

बुधबार, २८ फागुन २०७६, १९ : ३९
बुधबार, २८ फागुन २०७६

काठमाडौं  । पूर्व  प्रहरी नायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले ‘हाम्रो नेपाल, सुशासन अभियान’को थालनी गर्ने भएका छन् । बुधबार खरेलले आफ्नो फेसबुक ह्यान्डलमार्फत बिहीबार अक्त अभियानको सुरुवात गरिने जानकारी दिएका ह्न । 

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर अभियानको  घोषणा गर्न लागिएको बुझिएको छ । बिहीबार दिउँसो त्रिपुरेश्वरमा अभियानको औपचारिक घोषणा गरिने उल्लेख छ । 

यसअघि ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानमा घोषणा हुनुअघि नै त्यसबाट खरेलसहित केही व्यक्ति बाहिरिएको थिए । नेपालका लागि नेपाली अभियानबाट हटाइएका शाहीलाई अभियानमा राखिएपछिउनीहरु बाहिरिएको थिए ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएकोप्रति असन्तुष्टि खरेलले पदबाट राजीनामा दिएका थिए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप