‘हिमाल बचाऊ’ अभियानमा लागौँ: मन्त्री गुरुङ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले ‘हिमाल बचाऊ’ अभियानमा लाग्न हिमाल आरोहीहरुलाई आग्रह गरेका छन् । मन्त्री गुरुङले हिमाल आरोहीहरुले हिमाली क्षेत्रका प्राकृतिक स्रोतहरुको उचित व्यवस्थापन हुने गरी आवश्यक तालिमको व्यवस्था गरेर रोजगारीको वैकल्पिक व्यवस्था गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।
‘हिमाल आरोहीहरुले जलवायु परिवर्तनका कारण संकटमा परेको हिमाल बचाऊ अभियानमा लाग्न ढिलाई गर्न हुन्न’ बिहीबार काठमाडौंमा नेपाल पर्वतारोहण संघले तालिम प्राप्त आरोहीहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘पर्यटन व्यवसायलाई उद्यमको रुपमा विकास हुने गरी हिमाल आरोहणको क्षेत्रमा आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने आवश्यक्ता छ ।’
पर्यटक गाईडको रुपमा काम गरिरहेकाहरुलाई हिमाली क्षेत्रको जडिबुटी लगायतका प्राकृतिक स्रोतहरुको परिचालन गरेर उद्यमी हुने गरी तालिम दिने व्यवस्था नेपाल पर्वतारोहण संघले गर्नुपर्ने मन्त्री गुरुङको भनाई छ । उनले हिमाल आरोहणको क्षेत्रमा दक्ष जनशक्ति निर्माण गर्ने काममा नेपाल पर्वतारोहण संघले खेल्दै आएको भूमिकाको पनि प्रसंशा गरे ।
कार्यक्रममा बोल्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले हिमाल आरोहीहरुको हितमा केन्द्रित हुने गरी आवश्यक ऐन, कानुनको व्यवस्था गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण