सबै गन्तव्य मुलुकहरुमा अनिश्चितकालका लागि श्रम स्वीकृति रोक्का
शुक्रबार, ३० फागुन २०७६, १७ : ४७
काठमाडौं । वैदेशिक रोजगार कार्यालयले वैदेशिक रोजगारका सबै गन्तव्य मुलुकहरुको श्रम स्वीकृति रोक्का गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै कार्यालयले अनिश्चितकालका लागि सबै खाले श्रम स्वीकृति रोक्का गरिएको जानकारी दिएको हो ।
कार्यालयद्धारा जारी सूचनामा नेपाल सरकार, कोरोना रोग रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बिहिबार (फागुन २९ गते) अर्को सूचना नभएसम्म वैदेशिक रोजगारका लागि दिइने श्रम स्वीकृति स्थगन गर्ने निर्णय गरेसँगै कार्यालयबाट जारी हुने श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगन गरिएको जनाएको छ । यसअघि नै नेपालको प्रमुख श्रम गन्तव्य मुलुक कतारले नेपाल लगायत ८ मुलुकका कामदार नलिने घोषण गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण