नेयमारलाई बेच्न पीएसजी तयार
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) सुपर स्टार नेयमारलाई बेच्न तयार भएको छ । पीएसजीले गत समरमा तोकेको मुल्यमा ५१ मिलियन पाउन्ड घटाएर नेयमारलाई बेच्न तयार भएको हो । पीएसजीले नेयमारको नयाँ मुल्य एक सय ३५ मिलियन पाउन्ड राखेको छ । यसअघि नेयमारको मुल्य एक ८६ मिलियन पाउन्ड तोकिएको थियो ।
यससँगै नयमार अब जुकुनै क्लमा जान फुकुवा भएका छन् । गत समरमा नेयमारलाई फर्काउन स्पेनिस क्लब बार्सिलोना तयार भएपनि अन्तिममा बार्सिलोना र पीएसजीबीच मुल्यका कुरा नमिल्दा नेयमार अन्तिममा पीएसजीमै थन्किएका थिए ।
ब्राजिलियन नेयमारको मुल्य घटेसँगै उनलाई पूर्व क्लब बार्सिलोनालेनै अनुबन्ध गर्न लागेको अन्तर्राष्ट्रि«य सञ्चार माध्यामले जनाएका छन् । नेयमारले पनि यसअघिनै पीएसजी छाड्न चाहेका थिए । उनलाई आगामी समरमा बार्सिलोनाले फर्काउनेछ । नेयमार सन् २०१७ मा दुई सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । यद्यपी उनी पीएसजीमा त्यति खुशी देखिएका थिएनन् ।
पटक पटक घाइते भएका नेयमारको विषयमा नकारात्मक आलोचना समेत भएको थियो । नेयमारले चोटकै कारण पीएसजीमा ५३ खेल गुमाएका थिए । पीएसजी नेयमारलाई बेचेपनि केलियन एमबाप्पेलाई भने क्लबमै राख्ने योजनामा छ । २८ वर्षीय नेयमारले पीएसजीमा तीन सिजनमा ८० खेल खेल्दै ६९ गोल गरेका छन् । पीएसजी अहिले फ्रेन्च लिग वानको उपाधि नजिक पुगेको छ । च्याम्पियन्स लिगको पनि क्वार्टरफाइनलमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण