मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

१३ हजार गुनासो सम्बोधन, १७ सय लाभग्राही थप

मङ्गलबार, ०४ चैत २०७६, १५ : ४१
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।

आज बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ ।

योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित १ लाख ८९ हजार गुनासोमध्ये १ लाख ८२ हजार ३ सय १ को नतिजा आएको छ ।

 नतिजाअनुसार १७ हजार १ सय ६ पुनर्निर्माण लाभग्राही र ८ हजार ३ सय ८ प्रवलीकरण लाभग्राही कायम भएका छन् ।

बाँकी गुनासोको यही चैत्र मसान्तभित्र विश्लेषण गरी नतिजा प्रकाशित गरिने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

त्यसैगरी, कार्यकारी समितिले ३ सय ५९ प्रवलीकरण लाभग्राहीलाई पुनर्निर्माण लाभग्राही कायम गर्ने निर्णय पनि गरेको छ ।

प्राधिकरणले गुनासो सम्बोधनको नतिजा जान्नका लागि गुनासोकर्तालाई आ–आफ्नो स्थानीय तहमा सम्पर्क राख्न आग्रह गरेको छ ।

आफू लाभग्राही भई अनुदान पाउनयोग्य छु भन्ने लागेमा गैरलाभग्राही कायम भएका गुनासोकर्ताले पुनरावेदन गर्न सक्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप