बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

दुई सय ट्रक एक महिनादेखि केरुङमै

बुधबार, ०५ चैत २०७६, ०७ : २३
बुधबार, ०५ चैत २०७६

चीनबाट फलफूल बोकेर आएका दुई सय ट्रक रसुवाको केरुङ नाकामा एक महिनादेखि रोकिएका छन् । चीनमा देखिएको कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि सरकारले केरुङ नाका बन्द गरेसँगै फलफूल लिएर आएका ट्रक अलपत्र परेका हुन् ।

नाका बन्द भएपछि फलफूल, लत्ताकपडालगायतका अन्य सामान बोकेर आएका गाडी नाकामा रोकिएका छन् । फलफूल थोक व्यवसायी संघका अध्यक्ष अमर बानियाँले स्याउ र लसुन बोकेर आएका दुई सय ट्रक एक महिनादेखि लिने ? भन्दै प्रश्न गरे । लामो समयसम्म सामान नाकामा रोकिँदा नष्ट हुने भएकाले जतिसक्दो सामान छुटाउनका लागि पहल गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको व्यवसाष्ीको भनाई छ ।

यो खबर आजको कोरोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप