भ्रष्टाचारविरुद्ध विप्लव समूहको पोस्टर अभियान, पोस्टरसहितका कुकुर गल्लीगल्लीमा
बुटवल । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी निकट भ्रातृ संगठन अखिल (क्रान्तिकारी) अन्तर्गत लुम्बिनी क्षेत्रीय समन्वय समिति भ्रष्टाचारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।
भ्रष्टाचारीको मुखसम्म हेर्न नरुचाउने उद्घोष गरेका प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले नै भ्रष्टाचारका दुई ठुला नाइकेलाई संरक्षण गरेको आरोप लगाउँदै उक्त संगठनले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कारबाही गर्नुको सट्टा उल्टै संरक्षण गरेको आरोपसहित बुधबार बिहानै बुटवलका विभिन्न ठाउँहरुमा कुकुर, गोरुका शरीर तथा सार्वजनिक स्थानमा पोस्टर टाँसेको छ ।

सुरुवाती प्रक्रिया अन्तर्गत ठुला भ्रष्टाचार काण्डमा मुछिएकाहरुको पम्प्लेट विभिन्न नगर, गाउँ तथा वडा कार्यालय, विद्यालय, क्याम्पस, सार्वजनिक स्थल लगायत ठाउँमा टाँसिएको सो संगठनले जनाएको छ ।
व्यङ्गात्मक रुपमा विभिन्न जनावरहरुको शरीरमा पोस्टर टाँसेर भ्रष्टाचारीलाई आम जनसमुदायमाझ परिचित गराइएको उक्त संगठनले जनाएको छ ।
‘सरकारले समृद्धिको नाउँमा करोडौँ खर्चेर पोलपोलमा आफ्नो तस्वीर टाँस्न हुने, हाम्रो संगठनले भ्रष्टाचार बिरुद्ध बोल्न नहुने ?’ ब्यूरो संयोजक वीरेन्द्र विकले भने ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण