निर्भयाका दोषी अक्षयको मृत्युदण्ड अघि श्रीमतीले सम्बन्धविच्छेद माग्दै भनिन्, ‘उसको विधवा बन्दिनँ’
दिल्लीको चर्चित निर्भया काण्डका दोषी विहारको लहंगा कर्मा गाउँमा बस्ने अक्षय ठाकुरकी श्रीमतीले औरंगाबाद परिवार न्यायालयका प्रधान न्यायाधीश रामलाल शर्माको न्यायालयमा सम्बन्धविच्छेदको निवेदन दिएकी छिन् ।
कतै अक्षयलाई बचाउने षड्यन्त्र त होइन ?
औरंगाबादका अधिवक्ताले सम्बन्धविच्छेदको निवेदन कानूनी दाउपेचको एउटा उपाय मात्रै भएको बताएका छन् । उनीहरुले यो अक्षयको मृत्युदण्ड रोक्ने एउटा षड्यन्त्र भएको दाबी गरेका छन् ।
अक्षयकी श्रीमती पुनिताका वकिल मुकेश सिंहले पीडित महिलाले हिन्दु विवाह अधिनियम अनुसार केही विशेष अवस्थामा सम्बन्धविच्छेद लिन सक्ने जानकारी दिँदै यसमा दुष्कर्मको घटना पनि समावेश भएको बताएका छन् । उनले भने, ‘यदि दुष्कर्मको मामलामा कुनै महिलाका श्रीमानलाई दोषी ठहर गरे उनले सम्बन्धविच्छेदका लागि निवेदन दिन सक्छिन् ।’
अक्षय ठाकुरकी श्रीमतीले भनिन्, ‘उनको विधवा बनेर बस्न सक्दिनँ’
अक्षयकी श्रीमती पुनिताले अदालतमा दिएको निवदेनमा लेखिएको छ, ‘मेरा श्रीमानलाई निर्भया मुद्दामा दोषी ठहर गरिएको छ र उनको मृत्युदण्डको मिति पनि तोकिएको छ । यद्यपि, मेरा श्रीमान् निर्दोष छन् । यस्तो अवस्थामा म उनकी विधवा बनेर बस्न सक्दिनँ त्यसकारण मलाई सम्बन्धविच्छेद चाहिएको हो ।’
स्मरण रहोस्, निर्भयाका चारैजना दोषीलाई मार्च २० मा मृत्युदण्ड दिइनेछ ।
तीन दोषीले अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढकाएः
स्मरण रहोस्, निर्भयाका चारै दोषीमध्ये तीन अक्षय सिंह, पवन गुप्ता र विनय शर्माले अन्तर्राष्ट्रिय अदालतको ढोका ढक्ढकाएका छन् र दोषीका वकिल एपी सिंहले सोमबार अन्तर्राष्ट्रिय अदालतलाई पत्र लेखेका छन् । पत्रमा २० मार्चको रोक लगाउने माग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण