‘चपली हाइट ३’मा बोल्ड सुपुष्पा
काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टको बोल्ड तथा कामूक तस्विरहरु सार्वजनिक भएका छन् । फिल्म ‘चपली हाइट ३’को प्रचारका लागि निर्माण युनिटले उक्त तस्विर बाहिर ल्याएको हो ।
फिल्मको हाइप बढाउन बाहिर ल्याइएको तस्बिरमा अभिनेत्री सुपुष्पाले स्विमिङ पुलमा पोज दिएकी छन् ।
सुपुष्पा फिल्म ‘रणवीर’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले ‘६ मायाँ छपक्कै’मा पनि काम गरेकी थिइन् । ‘चपली हाईट ३’ उनको तेस्रो फिल्म हो । यो फिल्मका लागि उनले केही बोल्ड दृश्य समेत दिएको बुझिएको छ ।
२८ चैतबाट सार्वजनिक प्रदर्शनमा आउने बताइएको फिल्मको रिलिज अहिलेलाई स्थगित भएको छ । सरकारले आगामी बैशाख १८ सम्म चलचित्र घर बन्द गर्ने निर्णय गरेको कारण फिल्मको रिलिज स्थगित गरिएको निर्माता अर्जुन कुमारले जानकारी दिए ।
फिल्ममा सुपुष्पाको अलवा स्वस्तिमा खड्का, आमिर गौतम, महेश त्रिपाठी लगायतको अभिनय रहेको छ । फिल्म निकेश खड्काले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण