शिक्षकहरुका लागि ७ बुँदे अपील, ‘ज्यान रहे ज्ञान बाँढ्ने’
काठमाडौं। काठमाडौं महानगरभित्र कार्यरत शिक्षकहरुका लागि ७ बुँदे जारी गरिएको छ ।
शुक्रबार चार शिक्षक संगठनहरु नेवाः स्यनामि, ए. अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संगठनका अध्यक्षले संयुक्त रुपमा ७ बुँदे अपील जारी गर्दै विद्यालयमा एकै समयमा सम्पूर्ण शिक्षक भेला भइ संयुक्त रुपमा बस्न सक्ने अवस्था नरहेको उल्लेख गरिएको छ ।
यस्तो अवस्थामा सुरक्षित तबरले उत्तर पुस्तिका परीक्षक र नतिजा प्रकाशनलाई सहज र सहजीकरण गर्न, १ मिटर दूरीमा रही स्वास्थ्य लाभ गर्नु भन्ने निर्देशन पालना गराउन, महानगरभित्रका पर्यटकीय आवागमन हुने क्षेत्रमा सर्तक रहन, मौसमी भाइरलको संक्रमण अधिक रहने भएकाले सर्तक रहन, विद्यालय प्रशानलाई आवश्यक पर्ने अत्यावश्यकीय कार्यमा सहयोग गर्न, भाइरससम्बन्धी जनचेतना जगाउन शिक्षकहरुलाई अनुरोध गरिएको छ ।
यस्तै अपीलमा ‘ज्यान रहे ज्ञान बाँढ्ने’ प्रतिबद्धता पनि जनाइएको छ ।
अपीलमा भनिएको छ– ‘ज्यान रहे, ज्ञान बाँढ्ने’ कुरामा प्रतिबद्धता जनाउँदै आम सरोकारित पक्षमा प्रतिबद्धता व्यक्त गर्दछौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
-
श्रमिकलाई ठग्नेहरूमाथि कारबाही तीव्र
-
नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने
-
एलए चेसमा प्रलेश महर्जन र अभिव्यक्ति तामाङ च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण