शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’

शुक्रबार, १९ असार २०८३, १७ : ५०
शुक्रबार, १९ असार २०८३

धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड अन्तर्गत सुदूरपश्चिम स्पोर्ट्स क्लब तथा खप्तड गोल्डकपका संस्थापक अध्यक्ष स्वर्गीय सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ।

खेलकुद पत्रकार मञ्चले सुदूरपश्चिम प्रदेशको खेलकुद विकासमा हमालले पुर्‍याएको दीर्घकालीन योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो। अवार्ड स्वर्गीय हमालका छोराले ग्रहण गरेका थिए।

गत वर्ष साउन १३ गते मिर्गौलासम्बन्धी समस्याको उपचारका क्रममा भारतको बरेलीमा हमालको निधन भएको थियो। 

उनको निधनसँगै सुदूरपश्चिमको खेलकुद क्षेत्रले एक समर्पित अभिभावक र नेतृत्वकर्ता गुमाएको भन्दै मञ्चले उनलाई मरणोपरान्त सम्मान गरेको जनाएको छ।

कैलालीको भजनी नगरपालिका–५ मा जन्मिएका हमाल ४८ वर्षका थिए। उनी धनगढीमा बसोबास गर्दै आएका थिए। उनका एक छोरा र एक छोरी छन्।

खप्तड गोल्डकपलाई राष्ट्रियस्तरको प्रतिष्ठित फुटबल प्रतियोगिताका रूपमा स्थापित गर्न हमालको महत्त्वपूर्ण भूमिका रहेको मानिन्छ। 

खेलकुदको विकास, खेलाडीको प्रोत्साहन र सुदूरपश्चिममा खेल संस्कृतिको विस्तारमा उनले पुर्‍याएको योगदानको सम्मानस्वरूप उनलाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?