बैतडी बस दुर्घटना : घाइतेको संख्या १९ पुग्यो, दुई जनाको अवस्था गम्भीर
शुक्रबार, १९ असार २०८३, १९ : १२
धनगढी । बैतडीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते हुनेको संख्या १९ पुगेको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित १९ जना घाइते भएका छन्। गम्भीर घाइते दुई जनासहित सबैलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र र अन्य स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घाइतेहरूको पहिचान र उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : धनगढीका शेर मल्लले पाए स्पेसल अवार्ड
-
बालेनको ‘हनिमुन डेज’ : जबाफदेहिता बिर्सेर नायकत्वको भ्रम !
-
१०३ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
क्रोएसियाले मन जित्दा पोर्चुगलले खेल जित्यो, लुका मोड्रिचको बिदाइमा भावुक माहोल (भिडियो)
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष प्रशिक्षकको अवार्ड विष्णुदत्त भट्टलाई
-
अर्जेन्टिना भर्सेस केप भर्डे : मेस्सीको जादुले तोड्ला भोजिन्हाको रक्षात्मक पर्खाल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण