सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
धनगढी । सातौँ एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड अन्तर्गत ‘वर्ष उत्कृष्ट महिला खेलाडी’को उपाधि कबड्डी खेलाडी मानमती विष्टले जितेकी छन्। खेलकुद पत्रकार मञ्चले शुक्रबार धनगढीमा आयोजना गरेको अवार्ड समारोहमा बिष्टलाई ट्रफीसहित नगद ३५ हजार रुपैयाँ प्रदान गरिएको हो।
यस विधामा दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी, कबड्डीकी मानमती विष्ट र फुटबलकी मिना देउवा मनोनयनमा परेका थिए। मानमती विष्टले चीनमा सम्पन्न छैटौँ बिच एसियन गेम्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउने टोलीको कप्तानी गरेकी थिइन्।
त्यस्तै, बङ्गलादेशविरुद्धको पाँच खेलको कबड्डी शृङ्खलामा नेपालले ३–२ को जित हासिल गर्दा उनी दुई खेलमा ‘प्लेयर अफ द म्याच’ घोषित भएकी थिइन् भने प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडीसमेत बनेकी थिइन्।
दोस्रो कबड्डी विश्वकपमा नेपाली टोलीको कप्तानी गर्दै नेपाललाई चौथो स्थानसम्म पुर्याउन पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
अवार्ड ग्रहणपछि विष्टले यो सम्मान आफ्नो एक्लो प्रयासले सम्भव नभएको बताउँदै प्रशिक्षक, टोलीका सदस्य, परिवार तथा शुभेच्छुकहरूको साथ र सहयोगकै कारण यो उपलब्धि हासिल गर्न सकेको प्रतिक्रिया दिइन्।
उनले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उच्च राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका २३० सईको पदस्थापन, को कहाँ ? (सूचीसहित)
-
कुन विश्वविद्यालयमा को भए उपकुलपति ?
-
हाइब्रिड गाडीको नाममा राजस्व छली
-
को हुन् त्रिविकाे उपकुलपतिमा नियुक्त भएका प्रा.डा. भोला थापा ?
-
जलवायु परिवर्तनले गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्यमा जोखिम बढ्दो
-
त्रिविको उपकुलपतिमा प्रा.डा.भोला थापा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण