न्यूजिल्याण्डमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा, नेपाली सुरक्षित
न्यूजिल्याण्ड । पछिल्लो समय नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गइरहेको न्यूजिल्याण्डमा पनि कोरोना भाइरस (कोभिड १९) प्रभावितको संख्या बढ्दो क्रममा रहेको छ ।
चीनको उहान प्रान्तबाट शुरु भएको यो भाइरसले यस देशलाई पनि आर्थिक रुपमा संकटग्रस्त बनाइरहेको छ ।
अस्ट्रेलिया र चीनसँग अत्यन्तै नजिकको व्यापारिक र आर्थिक सम्बन्ध राख्ने न्यूजिल्याण्डले यतिबेलासमम्म कुनै पनि मानवीय क्षति भने बेहोर्नुपरेको छैन । तथापि संक्रमितहरुको संंख्या भने दिनानुदिन बढ्दै गइरेहेको छ । न्यूजिल्याण्डको श्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार शुक्रबार सम्म संक्रमितको संख्या ३९ पुगेको छ । अरु थप संक्रमितको संख्या नबढोस् भन्नका निम्ति यहाँको सरकारले बिहीवार मध्यान्न १२ वजेबाट देशवासी बाहेक अन्य सम्पूर्णलाई आगमनमा रोक लगाएको छ ।
यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए) न्यूजिल्याण्डले यतिबेला आफूलाई सक्रिय बनाउँदै देशैभर रहेका नेपालीहरुमाझ विभिन्न कार्यक्रम मार्फत सजग गराउँदै छ ।
विपदको घडी र फैलिँदै गरेको कोरोना भाईरसको प्रकोपबाट आजसम्म कुनै पनि नेपालीमा संक्रमण नरहेको र संक्रमनको स्थिति देखा परेमा सहयोग गर्न तयारी अवस्थामा रहेको अध्यक्ष लाल केसीले जानकारी दिए ।
शुक्रबार बसेको एनआरएनको न्यूजिल्याण्डको आपतकालिन बैठकले सचिव प्रवित रुपाखेतिको नेत्रृत्वमा ७ जना सदस्य रहने गरी आपलतकालिन उद्दार समिति गठन गरेको उनले बताए ।
भोलि आईपर्ने जटिल परिस्थितिमा यस समितिले न्यूजिल्याण्ड सरकारसँग समन्वय गरी हरेक नेपालीहरुलाई सुरक्षित राख्ने हरप्रयास गर्ने अध्यक्ष केसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इंग्ल्याण्ड र क्रोएसियाबीचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण