नक्कली लाइसेन्ससहित चालक पक्राउ
शनिबार, ०८ चैत २०७६, ०८ : १८
प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीनजनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो ।
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले पक्राउ परेका तीनैजनाले ट्रायल पास नभई लाइसेन्स लिएको भेटिएकाले पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका व्यक्तिले अरु व्यक्तिलाई समेत नक्कली लाइसेन्स बनाउने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण