कोरोना रोक्न भन्दै जनकपुरमा महामृत्युञ्जय जप, सहर सुनसान !
जनकपुर । विश्वभर फैलिदै गएको कोरोनाभाइरस संक्रमणको त्रास नेपालमा पनि विस्तारै देखिन थालेको छ । कोरोनाको त्रासले जनकपुरधाम प्रायः सुनसान हुन थालेको छ ।
धार्मिक नगरी भनिने जनकपुरमा पछिल्लो समय श्रद्धालु भक्तजन तथा आन्तरिक एवं बाह्य पर्यटकहरु आउन छाडेका छन् ।
रोजगार तथा अध्ययनका शिलशिलामा बाहिर गएकाहरु घर फर्किन थालेपछि जनकपुरमा बिहान भीडभाड देखिए पनि चहलपहल गर्ने सर्वसाधारणको संख्यामा एकाएक कमी आएको छ ।
जनकपुरधामका मुख्य चोकहरु प्रायः सुनसान रहने गरेका छन् ।
जानकी मन्दिर सुनसान
विश्वमै हिन्दुहरुको आस्थाको केन्द्र रहेको प्राचिन मिथिलाको राजधानी जनकपुरधामस्थित जानकी मन्दिरमा समेत श्रद्धालु भक्तजनको संख्यामा व्यापक कमी आएको छ । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले पहिलेको तुलनामा १० प्रतिशत श्रद्धालु भक्तजन आउन छाडेको बताए ।

नेपाल सरकारले केही दिनपूर्व मठमन्दिर लगायतका स्थानमा २५ जनाभन्दा बढी जम्मा नहुन भनेपछि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर र संकट मोचन मन्दिर लगायतका मठमन्दिरहरु सुनसान भएका हुन् ।
कोरोना भाइरसको संक्रमण विश्वको धेरैजसो देशमा फैलिएपछि नेपाल सरकारले कडाइ गरेपछि जनकपुरधाममा आउनेको संख्यामा कमी आएको छ । जनकपुरधाममा आउने श्रद्धालु भक्तजनहरुमा अधिकांश भारतीय रहने गरेका छन् ।
कोरोनाका कारण भारतबाट आउन ठप्प भएपछि जानकी मन्दिर लगायत मठ मन्दिर सुनसान देखिएको स्थानीयबासीको भनाइ छ ।
मन्दिरमा आउनेको संख्यामा कमी आए पनि अहिलेसम्म स्थानीय प्रशासनले मन्दिरलाई सर्वसाधारणको लागि बन्द गरेको छैन ।
राम मन्दिरमा महामृत्युञ्जय जप
विश्वभरी फैलिरहेको महामारी कोरोना भाइरसको संक्रमणलाई रोक्न भन्दै जनकपुरको राम मन्दिरमा महामृत्युञ्जय जप सुरु भएको छ । राम मन्दिरमा पण्डितहरुको एक समूहले कोरोना भाइरसको प्रभावबाट सर्वसाधारणलाई बचाउन महामृत्युञ्जय जप शुरु गरेको जनाएको छ । बिहीबारबाट शुरु भएको जप ५ दिनसम्म चल्ने राम मन्दिरका महन्थ राम गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण