शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

फेवातालमा एक पुरुषको शव फेला

सोमबार, १० चैत २०७६, १२ : ०७
सोमबार, १० चैत २०७६

पोखरा । फेवातालमा एक जनाको शव फेला परेको छ । बिहान करिब ९ः ४५ बजे लेकसाइडस्थित गौरीघाटमा शव फेला परेको हो । पोखरा महानगरपालिका ६ लेकसाईड स्थित नाम थर नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

शव झिक्न  नेपाल आर्मी सेकन्ड रेन्जर वटालियनका विष्णु थापामगरको कमान्डको टोली र नेपाल प्रहरी बैदामबाट खटिएको इन्सपेक्टर बुद्धिसागर गिरीको कमाण्डमा खटिएको टोलीले फेवातालमा तैरिइरहेको शव झिकेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप