काँकडभिट्टा नाकामा बिहानैदेखि भारत फर्किनेको भीड
झापा । नेपाल सरकारले कोरोना भाइरस भित्रिने जोखिम कम गर्न आज बिहान १० बजेदेखि सीमानाका बन्द गर्ने निर्णय गरेपछि पूर्वीनाका काँकडभिट्टामा बिहानैदेखि भारत फर्कने भारतीय नागरिकको भीड छ ।
इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले आज बिहान ८ बजेसम्ममा ५०० भन्दा बढी भारतीयहरु काँकडभिट्टा नाकामा जाँच गराएर पश्चिम बङ्गालतर्फ गएको जानकारी दिनुभयो । आजै बिहान भारतबाट १०० को हारहारीमा नेपाली यस नाकाबाट नेपाल भित्रिएका छन् ।
आइतबार भारतमा जनता कफ्र्यु लगाइएका कारण भारत जान नपाएकाहरु आज बिहानैदेखि काँकडभिट्टा आएका हुन् । नेपालका कलकारखानामा मजदुरी गर्न, व्यापार व्यवसाय गर्न र घुमफिरका लागि आएका भारतीय नागरिकहरु नाका बन्द हुनुअघि नै भारत प्रवेश गर्ने भन्दै काँकडभिट्टामा जम्मा भएका हुन् ।
विगत तीन सातामा काँकडभिट्टा नाका भएर नेपालमा ८५ हजार र नेपालबाट भारततिर ८१ हजार जनाले कोरोना हेल्थ डेस्कमा स्वास्थ्य जाँच गराएर आउजाउ गरेको समेत प्रहरी नायब उपरीक्षक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण