मुक्तिनाथ र कागबेनी जान रोक
ठिनी । हिमालपारिको जिल्ला मुस्ताङमा रहेका पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर, गुम्बा र पिण्ड दान गर्ने कागबेनी घाट अनिश्चितकालका लागि बन्द गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय जोमसोममा आइतबार बसेको मुक्तिनाथ विकास समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।
अर्को सूचना जारी नभएसम्मका लागि मुक्तिनाथ दर्शन र कागबेनी श्राद्ध स्थल प्रवेशमा रोक लगाइएको मुस्ताङका प्रजिअ तथा मुक्तिनाथ विकास समितिको अध्यक्ष वेदप्रसाद अर्यालले जानकारी दिए । मुक्तिनाथ मन्दिरमा दर्शनका लागि पुग्ने नेपाली र भारतीय पर्यटकको सङ्ख्यामा कमी नआउँदा कोभिड–१९ को जोखिम बढ्ने देखिएकाले सर्वपक्षीय बैठकले मङ्गलबारदेखि अनिश्चितकालका लागि उक्त धार्मिकस्थलमा धार्मिक पर्यटक आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।
‘२५ जनाभन्दा बढीको समूहमा नहिँड्ने भनेर सरकारले नै निर्देशन दिएको छ तर हामी अनुगमनमा जाँदा कागबेनी घाट, मुक्तिनाथ मन्दिर र बौद्ध गुम्बामा भीडभाड देख्यौँ’, उनले भने, ‘मुक्तिनाथ मन्दिर र कागबेनी घाटमा भारतीय तीर्थालुको उपस्थिति बाक्लो थियो । यही कारण बन्द गर्नुपरेको हो’, प्रजिअ अर्यालले बताए ।
मुस्ताङमा धेरै देशका पर्यटक जाने भएका कारण सङ्क्रमित व्यक्ति छिर्न सक्ने भएकाले कोरोनाको सन्त्रास कायम रहने बेलासम्म धार्मिकस्थलहरू बन्द रहने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण