पोखरामा लकडाउनको यस्तो छ प्रभाव
काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ ।
लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ । सरकारले आज बिहान ६ बजेदेखि यही चैत १८ गते साँझ ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यकबाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गरेको हो ।
यसअघि पोखराका विभिन्न स्थानबाट प्रातःभ्रमणका लागि घरबाट निस्कनेहरूका कारण चहलपहल हुने गरेको यहाँका सडक तथा स्थान आज भने सुनसान बनेका छन् । प्रातःभ्रमणमा फाट्टफुट्ट निस्कनेहरूलाई सुरक्षाकर्मीले सम्झाएर घरमा नै सुरक्षित भई बस्न आग्रह गर्दै फर्काउने गरेको कास्की प्रहरीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
यसैबीच नेपाल पत्रकार महासङ्घ कास्कीले सुरक्षित रही सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरेको छ । शाखाका तर्फबाट सञ्चारकर्मी एवम् सञ्चारगृहका लागि अपिल जारी गर्दै अध्यक्ष दीपेन्द्र श्रेष्ठले पत्रकार कोरोना सङ्क्रमणविरुद्ध अग्रपङ्क्तिका योद्धा भएको उल्लेख गर्दै समाचार सम्प्रेषण गर्दा यसका लक्षण, सर्ने माध्यम एवम् बच्ने उपायबारे सही कुरा बुझेर जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण