मेस्सीले गरे कोरोनाविरुद्ध लड्न अस्पताललाई आर्थिक सहयोग
कोरोना भाईरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले आर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढेको छ ।
मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि जनही एक मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् ।
ग्वार्डीओलाले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको बताईएको छ । हाल इङ्लिस प्रिममियर लिग क्लब म्यान्चेस्टर सिटीका प्रशिक्षक ग्वार्डीओला बार्सिलोना स्थित आफ्नै घरमा बसेका छन् । पछिल्लो समय युरोप कोरोनाको संक्रमणबाट बढी प्रभावित बनेको छ ।
कोरोना भाईरसले स्पेनमा ठूलो क्षति पुर्याएको छ । स्पेनमा कोरोनाबाट दुई हजार ६ सय ९६ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई कोरोनाको संक्रमण देखिएको अन्तर्राष्ट्रि«य सञ्चार माध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण