इटलीमा एकैदिन ६८३, स्पेनमा ६५६ को मृत्यु
बिहीबार, १३ चैत २०७६, ०७ : १८
इटलीमा पछिल्लो २४ घण्टामा ६ सय ८३ जनाको मृत्यु भएको छ भने स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।
यससँगै इटलीमा मृतकको संख्या ७ हजार ५ सय ३ पुगेको छ भने स्पेनमा ३ हजार ६ सय ४७ ले ज्यान गुमाइसकेका छन् ।
इटलीमा ५ हजार २ सय १० नयाँ संक्रमित थपिएसँगै अहिलेसम्म कूल ७४ हजार ३ सय ८६ संक्रमित छन् जसमध्ये ३ हजार ४ सय ८९ को अवस्था गम्भीर छ ।
साथै स्पेनमा ७ हजार ४ सय ५७ नयाँ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ जसमध्ये ३ हजार १ सय ६६ को अवस्था नाजुक छ ।
यस्तै अमेरिकामा पनि नयाँ संक्रमितको संख्या तीब्र रुपमा बढ्दो छ । यहाा ११ हजार ९४ नयाँ संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ६५ हजार ९ सय ५० पुगेको छ । यमध्ये १ हजार ४ सय ५२ को अवस्था नाजुक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण