शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले सहयोग नगर्दा आइसोलेसन वार्ड निर्माणको काम अन्योलमा

शुक्रबार, १४ चैत २०७६, १३ : २२
शुक्रबार, १४ चैत २०७६

दाङ । दाडको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण गरिने भनिएको आइसोलेशन वार्ड निर्माणको काम अन्योलमा रहेको छ । तीनै तहका सरकारले आवश्यक सहयोग नगर्दा आइसोलेसन वार्ड निर्माणको काम अन्योलमा परेको हो ।

आइसोलेसनका लागि चाहिने आवश्यक न्युनतम उपकरण समेत उपलव्ध हुन नसेकपछि काम अघि नबढेको प्रतिष्ठानले जनाएको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीका लागी अत्यावश्यक सुरक्षा सामाग्रीहरु  प्रदान गर्न नसक्दा स्वास्थ्योपचारमा समेत समस्या भएको अस्पतालका डिन डा.वसन्त लामिछानेले बताए । सरकारले मास्क, ग्लोब, पिपिआई तथा गगल्स र सेनिटाइजर समेत उपलव्ध नगराएको प्रतिष्ठानले गुनासो छ ।  प्रतिष्ठानमा उपचाररत शंकाष्पद संक्रमितहरुको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको बताइएपनि छैटौ दिनसम्म पनि रिपोर्ट आएको छैन ।

७२ घण्टामा आउनुपर्ने रिपोर्ट ६ दिन सम्म पनि नआउँदा बिरामीहरु अन्योलमा परेका छन् । उता, नगरपालिका माताहतको क्लिनिकमा भने स्थानीय सरकारले आवस्यक सेफ्टी समेत उपलव्ध गराइएको छ । ‘विश्व एक हुने वेलामा प्रतिष्ठानलाइ स्थास्थ्य उपचार सामाग्री उपलव्ध गराउन पनि भेदभाव गरिनु दुःखद हो’ एक बिरामीका आफन्तले भने, ‘प्रतिष्ठानलाइ समृद्ध बनाउने सवालमा सरकारले पक्षपात गर्नु उपयुक्त हुंदैन ।’ अस्पतालमा उपचारका लागि आएका कोरोनाका शंकाष्पद बिरामीको स्वाव परीक्षण गर्ने किट पनि सकिएको छ ।

संघीय मन्त्रालय र प्रदेश मन्त्रालय लगायतका निकायमा पटक–पटक खबर गर्दा पनि आवश्यक किट नआएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानको आइशोलेशनमा रहेका बिरामीहरुबाट संकलित स्याम्पल काठमाडौं सम्म पु¥याउने व्यवस्थापन पनि राज्यबाट हुन नसकेपछि संकलित स्याम्पल लिएर प्रतिष्ठानकी उपकुलपति डा.संगिता भण्डारी बिहिवार बिहानै आफैं काठमाडौ लागेकी छिन् । यो विषयमा प्रदेश सरकारले समेत कुनै रेस्पोन्स नगरेको प्रतिष्ठानले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप