दिल्लीका मुख्यमन्त्रीद्वारा कामदारलाई राहत दिने घोषणा
नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले अन्य राज्यका मजदूरहरुलाई राहतको व्यवस्था गर्ने घोषणा गरेका छन् । सरकारले आवश्यक गृहकार्य शुरु गरिसकेको र चाँडै नै राहत उपलब्ध गराउने उनले बताए । राहत प्याकेज अन्तर्गत अत्यावश्यक सबै सेवा तथा सामग्री समावेश गरिएको मुख्यमन्त्री केजरीवालको भनाइ छ ।
सामाजिक सन्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘कतिपय कामदारहरु समस्यामा परेको र घर फर्कन लागेको थाहा पाएको छु । समस्याबाट चिन्ता लिन र भाग्न पर्दैन ।’ प्रधानमन्त्री नरेन्द्र मोदीले जो जहाँ छौ त्यही बस्न र कतै नजान आग्रह गरेको पनि उनले स्मरण गराएका छन् ।
प्रधानमन्त्री मोदीको आग्रहलाई दोहो¥याउँदै मुख्यमन्त्री केजरीवालले कोरोनाभाइरस विरुद्धको लडाइँमा साथ दिन आह्वान गरेका छन् । बाहिर हिँड्दा कोरोना भाइरसको संक्रमण थप फैलिने खतरातर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्, ‘तपाइँहरु हिँड्नुभयो र भिड गर्नुभयो भने कोरोना विरुद्धको लडाइँ झन कठिन हुनेछ, त्यसैले घरमै बसेर सहयोग गर्नुहोला तपाइँलाई चाहिएका सबै सेवा र सामग्री हामी घरघरमै अवश्य ल्याइदिनेछौ । कामदारहरु गाउँ नर्फकिउन् भन्ने सरकारको चाहना रहेको पनि मुख्यमन्त्री केजरीवालको भनाइ छ । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण