आगलागीमा परी २ जनाको मृत्यु
सोमबार, १७ चैत २०७६, १३ : १६
काठमाडौं : महोत्तरी जिल्लाको मनराशिश्वा नगरपालिका–४ जाउख बस्ने जुरी सहनीको छोरी १४ वर्षीया पुजा कुमारी सहनीको आगलागीमा जलेर आइतबार साँझ मृत्यु भएको छ ।
आफ्नै घरमा खाना बनाउने क्रममा ग्याँस लिक भई एक्कासी आगो शरीरमा सल्किन गई गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, माडी नगरपालिका–७ करही खोला नजिकै रहेको सुकुम्बासी टोल बस्ने राज कुमार चेपाङकी छोरी ९ वर्षीया रजिना चेपाङको आगलागीमा परी आइतबार दिउँसो मृत्यु भएको छ ।
घर नजिकै बालेको आगो सल्किन गई घरमा आगलागी हुँदा घरभित्र सुतिरहेकी रजिना चेपाङको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण