लकडाउनको फाइदाः काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार
काठमाडौं – काठमाडौं उपत्यकाको आकाश र आसपासको वातावरण केही दिनयता सफा छ। यसअघि प्रायः तुवाँलो र प्रदूषणले ढाक्थ्यो। कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउन गरेपछि काठमाडौंसहित देशभर वायुको गुणस्तरमा सुधार देखिएको छ।
सवारी साधन, उद्योग, कलकारखाना र प्रदूषण बढाउने अन्य गतिविधि ठप्प भएपछि वायु प्रदूषण घटेको हो। काठमाडौंको शंखपार्क, ललितपुरको भैंसेपाटी र काभ्रेको धुलिखेल स्टेसनको अवस्था विश्लेषण गर्दा आँखाले देख्न नसकिने सूक्ष्म धुलोको कण (२.५ पीएम)को अवस्थामा क्रमशः सुधार आउन थालेको वातावरण विभागले जनाएको छ।
‘लकडाउनको सुरुका ३–४ दिन प्रदूषण खासै घटेको थिएन’, विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘शनिबारदेखि भने निकै सुधार भएको छ। राष्ट्रिय मापदण्डभन्दा पनि निकै कम देखिएको छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा टीका बन्धनले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण