‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइँ
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको हो ।
सरकारको तथ्यांकले संक्रमितको नजिक आएकामध्ये अधिकांशको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको देखिएको छ । तर, चिकित्सकहरू यो संख्या कम भएको भन्दै संक्रमित व्यक्तिको १४ दिनसम्मको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने बताउँछन् ।
चिकित्सकका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी संक्रमण जाँचका लागि छुट्याइन्छ । संक्रमित व्यक्तिले भेटेका र सम्पर्कमा आएका व्यक्ति खोज्न प्राविधिक टिम गठन गरे पनि कति जनालाई गरिएको तथ्यांक बाहिर आउन सकेको छैन ।
संक्रमित व्यक्ति आफू संक्रमण भएदेखि को–कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिन्छ । तत्पश्चात् उनीहरूलाई निगरानीमा राखिन्छ । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण