युएईको दुबईमा दुई साता लकडाउनको घोषणा
युएई । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने उद्देश्यका साथ युएईको दुबईमा दुई साता लकडाउन घोषणा गरिएको छ ।
दुबईको संकट र प्रकोप व्यवस्थापन सर्वोच्च समितिले शनिबार बेलुकी ८ बजे देखि लागू हुनेगरी दुई साताको लागि लकडाउनको घोषणा गरेको हो।
कोरोनाको प्रकोप नियन्त्रणका लागि युएईमा गत मार्च २६ देखि संचालन भएको राष्ट्रिय निर्मलीकरण अभियानलाई थप विस्तार गर्दै अब २४ सै घण्टा सरसफाई एवं किटनाशक अभियान संचालन गरिने गल्फ न्यूजले जनाएको छ।
यस अवधिमा अत्यावश्यक कामबाहेक सर्वसाधारण घरबाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक सामग्री खाना र औषधीधिको खरिदका लागि घरका एक सदस्यलाई मात्र घरबाहिर निस्किने अनुमति दिइने बताईएको छ। बाहिर निस्कदा सबैलाई मास्क र हातमा ग्लोव लगाएर सामाजिक दूरी कायम राख्न आग्रह गरिएको छ।
यो अवधिभर स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्र, औषधि कारखाना, एयरपोर्ट, टेलिकम्युनिकेसन,मिडिया लगायतका महत्त्वपूर्ण क्षेत्रहरु भने संचालन हुनेछन्।
रेष्टुरेन्टलाई डेलिभरी सेवा दिन छुट दिइएको छ। यसैगरी ऊर्जा, सुरक्षा, डाक सेवा, बैंकिङ्ग, पानी, ग्यास लगायतका क्षेत्रहरु नियमित संचालन हुन पाउनेछन्। बैंकिङ क्षेत्र, मनि एक्सचेञ्ज, मर्मत सेवा तथा लन्ड्री सेवालाई बिहान ८ बजे देखि दिउँसो २ बजेसम्म संचालन हुन पाउने छुट दिइएको छ।
यसैगरी महत्त्वपूर्ण क्षेत्रमा कार्यरत कामदारहरुको सहजताका लागि दुबईको सडक तथा यातायात प्राधिकरणले निशुल्क सार्वजनिक बस संचालन गर्ने जनाएको छ।
प्राधिकरणले ट्याक्सी भाडामा समेत ५० प्रतिशत छुट दिइने बताइएको छ।
लकडाउन दुबई राज्यमा मात्रै हो ।युएईका अन्य राज्यहरुमा अहिले पनि साझ ८ बजे देखि बिहान ६ बजेसम्म आवतजावत बन्द गरिएको छ। तर स्वास्थ संस्था, औषधि पसल, खाद्य सामाग्री आपूर्ति केन्द्रहरु, औषधि कारखाना लगायत अत्यावश्यक क्षेत्र खुला नै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण