न्यूयोर्कमा पहिलो पटक संक्रमण र मृत्युको आँकडामा कमी
सोमबार, २४ चैत २०७६, ०८ : २५
अमेरिकामा कोरोनाभाइरसको केन्द्र बनेको न्यूयोर्कमा पहिलो पटक संक्रमण र मृत्युको आँकडामा कमी आएको छ । यद्यपि, अधिकारीले आँकडालाई आधार मानेर अहिले नै केही भनिहाल्न नमल्निे बताएका छन् ।
न्यूयोर्कमा कोरोनासंक्रमण र मृत्युको आँकडा त्यतिबेला कम भएको छ जब अमेरिकामा संक्रमण तीब्र रुपमा फैलिरहेको छ र स्वास्थ्य अधिकारीले स्थिती थप भयानक हुने चेतावनी दिएका छन् ।
अमेरिकी सर्जन जनरलले यो हप्ता अमेरिकीहरुको जीवनको सबैभन्दा कठिक र दुःखद समय हुने चेतावनी दिएका छन् ।
सर्जन जनरल जेरोम एडम्सले भने, ‘हाम्रो स्थिती पर्ल हार्बर, ९/११ जस्तो हुनेछ ।’
अमेरिकामा अहिलेसम्म ३.३१ लाख बढी कोरोना संक्रमित छन् र ९ हजार ४ सय २० भन्दा बढीको मृत्यु भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण