ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिए धम्की
बुधबार, २६ चैत २०७६, ०८ : ०५
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
यद्यपि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो त्यो दिन ट्रम्पले यो भाइरसलाई झुटो बताएका थिए ।
ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई धम्की दिँदै भने, ‘अमेरिकाले डब्लूएचओलाई दिने पैसा माथि रोक लगाउँदैछ ।’ यद्यपि, त्यसको थोरै बेरपछि आफ्नो बयान फेर्दै भने, ‘मैले यस्तो गर्छु कहाँ भनेँ र ?’
अमेरिकामा कोरोना टास्क फोर्सका प्रमुख डा. एन्थोनी फाउचीले यो महामारीले अमेरिकामा जातीय भेदभाव बढाएको बताएका छन् । केही राज्य र शहरको डाटामार्फत् यसले अफ्रिकी–अमेरिकीलाई बढी प्रभावित पारेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण