कोरोनाभाइरससँग लड्न इरानले माग्यो पाँच अर्ब डलर ऋण
बुधबार, २६ चैत २०७६, १३ : ५१

इरानका राष्ट्रपति हसन रुहानीले बुधबार कोरोनाभाइरसँग लड्नका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पाँच अर्ब डलर आपतकालीन कोष प्रदान गर्न अपिल गरेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार राष्ट्रपति रुहानीले मन्त्रीपरिषद्को बैठकमा भने, ‘म अन्तर्राष्ट्रिय संगठनलाई आफ्नो जिम्मेवारी निभाउन अपिल गर्छु । हामी आईएमएफका सदस्य हौं । ऋण दिँदा कुनै पनि प्रकारको भेदभाव हुनुहुँदैन ।’
इरानी राष्ट्रपतिले अमेरिकाको तर्फबाट लगाएको प्रतिबन्धको पनि निन्दा गरेका छन् । यसलाई उनले ‘आर्थिक र चिकित्सा आतंकवाद’ को संज्ञा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ सामान माथिको ट्यारिफ घटाउँछु : ट्रम्प
-
‘बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकार तीनकुने घटनामा मौन’
-
भारतद्वारा पाकिस्तानबाट आयात हुने बिरे नुनको अर्डर रद्द
-
धनकुटामा बस दुर्घटना हुँदा एक जनाको मुत्यु, १४ जना घाइते
-
अब अभागी रहेनन् ह्यारी केन
-
५०० किलोको बम बनेर पृथ्वीमा खस्दैछ यो स्पेसक्राफ्ट