मौसम पूर्वानुमान : मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा
बिहीबार, २७ चैत २०७६, ०८ : ०५
मौसम पूर्वानुमान महाशाखाले हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार हाल देशका पूर्वी तराई भू–भागका साथै मध्य भू–भागमा आंशिक बदली रहेको छ।
महाशाखाले बिहीबारको मौसम पूर्वानुमानमा उल्लेख गरेअनुसार दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बांकी भू–भागमा आंशिक बदली रहनेछ।
यसैगरी, पूर्वी तथा मध्य पहाडी भू–भागका एक÷दुई स्थानमा अपरान्हपछि मेघगर्जन,चट्याङ र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
यस्तै, बिहीबार राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
यता, पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण