अष्ट्रेलियाः यात्रीमा कोरोना संक्रमण, अनुसन्धानका लागि जहाज जफत
बिहीबार, २७ चैत २०७६, ०९ : ४६
अष्ट्रेलियाको पोर्ट केम्बलामा रोकिएको रुबी प्रिन्सेज क्रुज जहाजमा एउटा नाटकीय मोड सार्वजनिक भएको छ । मार्च १९ मा सिड्नीमा रोकिएको उक्त जहाजमा सवारमध्ये अहिलेसम्म १५ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ ।
यहाँ सवार ६ सय बढी व्यक्तिमा कोरोनाभाइरस संक्रमण देखिएको छ । पूरा अष्ट्रेलियाभरी एक स्थानमा भेटिएको यो सबैभन्दा धेरै संक्रमण हो ।
आखिर यो जहाजमा सवार २७ सय यात्रीलाई उत्रन किन दिइयो भनेर अनुसन्धान सुरु भएको छ । जहाजको ब्ल्याक बक्स जफत गरिएको छ ।
न्यू साउथ वेल्थका प्रहरी अधिकारीका अनुसार यो जहाजमा पनि विमानको झैं ब्ल्याक बक्स हुन्छ जसले अनुसन्धानमा मद्दत पुर्याउने आशा गरिएको छ ।
जहाजका एक हजार बढी चालक दलका सदस्यलाई यहाँ नै रोकिएको छ । तीमध्ये २ सय जनामा फ्लूजस्तो लक्षण देखिएको छ भने अहिलेसम्म १८ जना कोरोनाभाइरसबाट संक्रमित भेटिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण