इटलीमा मे महिनासम्म बढाइयो लकडाउन
शनिबार, २९ चैत २०७६, ०७ : ५१
इटलीका प्रधानमन्त्री जुजेप्पे कन्टेले देशको लकडाउनलाई तीन महिनासम्म बढाएको घोषणा गरेका छन् ।
यसअघि मार्च ९ सम्म लकडाउनको घोषणा गरिएको थियो । त्यसपछि यो लकडाउन ३ अप्रिलसम्मका लागि लागू गरिएको थियो जसलाई पछि १३ अप्रिलसम्म बढाइयो । र अब यसलाई ३ मेसम्म बढाइएको छ ।
इटलीमा लकडाउन निकै प्रभावकारी भएको मानिएको छ ।
पछिल्लो २४ घण्टामा इटलीमा ५७० जनाको मृत्यु भएको छ जुन पछिल्लो हप्ताको तुलनामा निकै कम हो । यति हुँदा हुनै पनि इटली संसारको सबैभन्दा नराम्रोसँग प्रभावित देश हो । यहाँ अहिलेसम्म सबैभन्दा धेरैको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविले संसद्मा बोल्न माग गरेकोबारे कांग्रेस पदाधिकारी बैठकमा छलफल
-
जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप
-
संविधानको धारा १६८(५) दोस्रो पटक प्रयोग, बिहीबार दाबी पेश हुने
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ