चीनमा कोरोनाका करिब सय संक्रमित भेटिँदा बढ्यो अधिकारीको चिन्ता
चीनमा कोरोना भाइरसका ९९ नयाँ संक्रमित फेला परेका छन् । यो पछिल्लो एक हप्तामा सबैभन्दा धेरै संख्या हो ।
स्वास्थ्य अधिकारीका अनुसार योसँगै चीनमा कोरोनाभाइरस संक्रमणका कूल ८२ हजार ५२ संक्रमित छन् ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबारसम्म कोरोना संक्रमितमध्ये १२ सय ८० जना बाहिरबाट आएका थिए । यीमध्ये ४८१ संक्रमित निको भइसकेका छन् भने ७ सय ९९ को उपचार भइरहेको छ । यीमध्ये ३६ जनाको स्थिती गम्भीर छ ।
शनिबार भेटिएका ९९ नयाँ संक्रमितमधये ९७ जना विदेशबाट फर्किएका हुन् ।
चीनको ऊहानमा कोरोना संक्रमितमा कमी आएपछि यहाँ जारी लकडाउन खोलिएको थियो । तर अब बिस्तारै–बिस्तारै त्यहाँ नयाँ संक्रमित भेटिएपछि चिनियाँ अधिकारीको चिन्ता बढाएको छ ।
शनिबार राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेंगले कोरोनालाई रोक्नका लागि मानिसहरुलाई भीडमा जम्मा नहुन र सुरक्षाका तरिकालाई अपनाइराख्न अपिल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण