एक्स्पर्ट एजुकेशनद्वारा २ लाख अस्ट्रेलियन डलरको सहयोग कोष स्थापना
-सीता रसाइली विश्वकर्मा
अस्ट्रेलिया । अष्ट्रेलिया, नेपाल लगायत अन्य १२ देशहरुमा रहेका ३२ भिन्न शाखाहरुबाट उच्च शिक्षासम्बन्धि सेवा पुर्याउँदै आएको एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजले कोभिड–१९ बाट प्रभावित विद्यार्थीहरुका लागि सहयोग गर्ने उदेश्यले २ लाख डलरको सहयोग कोष स्थापना गरेको छ।
नेपाल लगायत अन्य १२ देशका करिब पचास हजार विद्यार्थीहरुलाई सेवा दिएको एक्सपर्ट एजुकेसनले प्रभावित विद्यार्थीका लागि दुई लाख डलरको कोष स्थापना गरेको जानकारी दिएको हो । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया आएका विद्यार्थीहरु अझ बढी प्रभावित भएको भन्दै आफु मातहत रहेर विविध सहयोग गरिने वेबसाइटमार्फत जनाइएको छ।
एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका डाइरेक्टर बद्री अर्यालले कोभिड १९ का कारण अष्ट्रेलियामा अध्यनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने विविधि समस्याहरुमा सहयोगी भूमिका निर्बाह गर्न उक्त कोष परिचालन गरिने जानकारी दिएका छन् ।
घोषित २ लाख अष्ट्रेलियन डलर सहायता कोषमध्येबाट ५० हजार डलर अस्ट्रेलियामा रहेर अन्य अन्तराष्ट्रिय विद्यार्थीहरुको सहयोगमा क्रियाशील विभिन्न सामाजिक संघ–संस्थाहरु मार्फत सहयोग गरिनेछ भने एक लाख पचास हजार डलर एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजमार्फत सहयोग गरिने जनाइएको छ। त्यसमा पछिल्लो ६ महिना यता (१ अक्टोबर २०१९ देखि हालसम्म) अष्ट्रेलिया आएका विद्यार्थीहरु (जो पार्ट–टाइम काम पनि नपाएका, काम पाएर पनि गुमाएका) अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका विधार्थीहरुलाई समेटिने जनाइएको छ ।
त्यसका लागि समस्यामा परेका विधार्थीहरुले एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेजका भिन्न राज्यहरुमा रहेका कार्यलयमा सम्पर्क गर्न सक्ने समेत जनाइएको छ भने त्यसका लागि वेभसाइटमार्फत आफ्नो विवरण दर्ता गर्न सकिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण