चितवनमा आरडिटी पोजेटिभ देखिएका युवाको कोरोनाको नतिजा नेगेटिभ
र्यापिड डायग्नोष्टिक परीक्षण (आरडिटी)का क्रममा पोजेटिभ देखिएका पूर्वी चितवनका एक पुरुषको नतिजा नेगेटिभ आएको छ ।
भरतपुर कोभिड–१९ प्रयोगशालामा पिसीआर परीक्षणका क्रममा उनको नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जनाकारी दिए ।
गत चैत ७ गते कोरियाबाट नेपाल आएका उनको रत्ननगरको गुञ्जमान अस्पतालमा गरिएको र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा पोजेटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब कोभिड–१९ प्रयोगशालामा ल्याइएको थियो । सो प्रयोगशालाको नतिजा नेगेटिभ आएको हो ।
यस्तै राप्ती नगरपालिकामा चैत ५ गते बेलायतबाट आएकी ६५ वर्षीया महिलामा र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि उनलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको छ ।
उनीसँगै हङकङ हुँदै आएका दुई छोरालाई पनि अस्पताल ल्याइएको छ । र्यापिड डायग्नोष्टिक परीक्षणका क्रममा छोराहरुको भने नेगेटिभ देखिएको थियो ।
राप्तीबाट ल्याइएका तीनै जनाको पिसीआर विधिबाट आज परीक्षण गरिने अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण