च्याम्पियन्स लिगको फाइनल अगस्ट अन्तिममा
एजेन्सी : युरोपियन फुटबल महासंघ (युईएफए) ले च्याम्पियन्स लिग फुटबलको फाइनल खेल अगस्टको अन्तिम साता आयोजना गर्ने भएको छ ।
कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित गरिएको च्याम्पियन्स लिगको फाइनल खेल अगस्ट २९ तारिख गर्ने युईएफएको योजना छ ।
यसको अन्तिम निर्णय यही अप्रिल २३ तारिख बस्ने युईएफए कार्यसमितिको बैठकले तय गर्ने बताईएको छ । च्याम्पियन्स लिगको फाइनल खेल टर्कीको इस्तानबुलमा र युरोपा लिगका फाइनल त्यसको तीन दिनअघि सक्ने तयारी युईएफएको छ ।
युईएफएले युरोपियन शीर्ष लिगहरुको बारेमा पनि छलफल गर्ने बताईएको छ । युईएफएले च्याम्पियन्स लिगका लागि दुई विकल्प सहित छलफल गर्ने तयारी पनि गरेको छ । पहिलो योजना च्याम्पियन्स लिगको नकआउट चरण नियमित रुपमा गर्ने र जुलाईमा क्वार्टरफाइनल र अगस्टमा फाइनल गर्ने छ ।
यदि यो सम्भव नभएमा सिजनको अन्तिमतिर सानो आकारको च्याम्पियन्स लिग गर्ने रहेको छ । च्याम्पियन्स लिगमा अझै क्वार्टरफाइनलका चार खेल बाँकी नै छ । युरोपा लिगमा पनि अन्तिम १६ को दोस्रो चरणको खेल पूरै बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण