सडकमा छरिएका थिए ५ सय भारुका थुप्रै नोट, कसैले छुने हिम्मतसमेत गरेनन्
कोरोनाभाइरसको डर मानिसहरुमा कतिसम्म छ भनेर इन्डियन एक्सप्रेसले एउटा रोचक खबर प्रकाशित गरेको छ ।
भारतको दिल्लीको लरेन्स रोड नजिकैको एक घर बाहिर सडकको किनारमा ५ सय भारुका थुप्रै नोट छरिएका थिए तर कसैले पनि यी नोटलाई छुने आँटसमेत गरेनन् ।
इलाकामा बस्ने अन्य मानिसहरुले उक्त नोट देखेपनि कसैले कोरोनाभाइरस फैलाउने उद्देश्यसहित यस्तो गरेको हुनसक्ने अनुमान गरे ।
त्यसपछि स्थानीयले पुलिसलाई बोलाए । स्यानिटाइज गरेपछि यी नोटलाई खाममा राखेर पुलिस स्टेशनतर्फ गए ।
इन्डियन एक्सप्रेसका अनुसार घटना त्यतिबेला सार्वजनिक भयो जब एक महिलाले पुलिसलाई आफ्नो पैसा हराएको जानकारी दिइन् ।
वास्तवमा एक महिलाले एटिएमबाट पैसा निकालेपछि त्यसलाई स्यानिटाइजरले धोएर बालकोनीमा सुकाएकी थिएन् । उनले पुलिससँगको कुराकानीमा सायद हावाका कारण केही नोट सडकमा खसेको हुनसक्ने बताइन् ।
एक पुलिस अधिकारीले पत्रिकासँगको कुराकानीमा भने, ‘सडकमा छरिएका नोटलाई कसैले पनि उठाएनन् । राम राज्य आएको जस्तो लागिरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण