स्पेनमा मृतकको संख्या साढे २० हजार बढी
आइतबार, ०७ वैशाख २०७७, ०७ : ३४
स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले देशमा लगाइएको लकडाउनलाई ९ मेसम्म बढाउने घोषणा गरेका छन् ।
प्रधानमन्त्रीले देशको हालको स्थिती हेर्दा लकडाउनलाई थप १५ दिनसम्मका लागि बढाउनका लागि संसदलाई गुहार्ने बताएका छन् ।
यसका साथै केही प्रतिबन्धका साथै बच्चालाई अप्रिल २७ पछि घरबाट निस्कन अनुमती दिइने उनले बताएका छन् । तर यो कसरी गरिनेछ भनेर उनले केही जानकारी दिएका छैनन् ।
स्पेनमा १४ मार्चदेखि देश पूर्ण रुपमा लकडाउन छ ।
शनिबार देशमा कोरोनाभाइरसका कारण भएको मृतकको आँकडा साढे २० हजार पार गरेको छ ।
यो ताजा आँकडासहित कोरोनाभाइरसका कारण हुने मृत्युको संख्यामा स्पेन तेस्रो स्थानमा परेको छ ।
वर्ल्डोमिटर्सका अनुसार पहिलो स्थानमा ३९ हजार बढी मृतकसहित अमेरिका पहिलो स्थानमा परेको छ, २३ हजार बढी मृतकको संख्यासहित इटली दोस्रो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण