आफूलाई कोरोनाभाइरस भएको बताउँदै पुलिसमाथि थुक्ने युवकलाई जेल सजाय
बुधबार, १० वैशाख २०७७, १३ : २१
ब्रान्डन वालेस नामका २१ वर्षका एक युवकलाई घरेलु हिंसा गरेको र आफूलाई कोरोनाभाइरस भएको बताउँदै पुलिसमाथि थुकेको आरोपमा ६ महिनाको जेल सजाय तोकिएको लण्डनको महानगरीय प्रहरीले जानकारी दिएको छ ।
बुधबार एक वक्तव्य जारी गर्दै ती व्यक्तिले गत सोमबार एक महिलामाथि घरेलु हिंसा गरेको र उनको सम्पत्तिमा भौतिक क्षती पुर्याएको जानकारी दिइएको छ । पुलिसका अनुसार ती व्यक्तिले आफूलाई कोभिड–१९ को संक्रमण भएको बताउँदै पुलिस भ्यानमा राख्ने क्रममा दुई पुलिस अधिकारीलाई थुकेका थिए । उनलाई पछि प्रहरी र महिलामाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा चलाइएको थियो ।
ती व्यक्तिमा हिरासतमा रहँदा कुनै पनि प्रकारको कोरोनाभाइरसको लक्षण नदेखिएको जानकारीमा उल्ल्ख छ । उनी मंगलबार बार्किङसाइड मजिस्ट्रेट कोर्टमा उपस्थित भएका थिए जहाँ उनलाई अपराधी ठहर गरी सजाय सुनाइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण