कोरोना संक्रमणबाट बेलायतमा फेरि एक नेपालीको मृत्यु
लन्डन । कोरोना भाइरस (कोभीड१९) को संक्रमणबाट बेलायतमा थप एकजना नेपालीको ज्यान गएको छ । लन्डनको वेम्बलीमा बस्दै आएका ४८ वर्षीय आइतबहादुर गुरुङको लण्डनको नार्थवीक पार्क अस्पातालमा उपचारका क्रममा निधन भएको तमु समाज यूकेका सल्लाहकार चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
करिब एक दशकअघि उनको मुटुको भल्भ फेरिएको र अहिले उनको स्वास्थ्यस्थिति सामान्य रहेको गुरुङले बताएका छन् । उनी मृतकका आफन्त समेत हुन् । गतसाता मंगलबार अस्पताल भर्ना भएका गुरुङको बुधबार बिहान निधन भएको हो । यसघि नै उनलाई कोरोनाको पुष्टि भैसकेको थियो ।
लम्जुङ्ग जिल्लाको आमाडाँडा (पुरानो गाउँ पोखरा १०) मिलन टोल पुर्ख्यौली घर भएका मृतक गुरुङ सन् २००७ मा हङकङबाट बेलायत आएका थिए । उनकी श्रीमती र एक छोरा बेलायतमा नै बस्दै आएका छन् । हिजोमात्र बेलायतको रेडिङमा बस्दै आएका ४९ वर्षीय विजय गुरुङको कोरोनाकै कारण निधन भएको थियो । बेलायतमा कोरोनाबाट २० जना जतिको निधन भैसकेको छ । आजसम्म बेलायतमा १८ हजारभन्दा बढीको कोरोनाका संक्रमणका कारण निधन भैसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण